२४ जेठ २०८३, आइतबार
प्रन्याविरुद्ध महाअभियोग प्रस्ताव

महाअभियोग प्रस्तावमा राणामाथि आरोप– भ्रष्टाचार, न्यायिक विचलन र क्षमता अभाव देखियो

महाअभियोग प्रस्तावमा राणामाथि आरोप– भ्रष्टाचार, न्यायिक विचलन र क्षमता अभाव देखियो

न्यायिक विचलन आएको भन्दै सत्ता गठबन्धनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद् सचिवालयमा आइतवार महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)ले महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । 

संसद् सचिवालय सिंहदरबारमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादीका प्रमुख सचेतक देव गुरुङ र नेकपा एसका जीवनराम श्रेष्ठ प्रस्तावक छन् ।

चोलेन्द्रमा कार्यक्षमता अभाव देखिएको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र न्यायिक सम्पादनमा क्षमता अभाव देखिएकाले राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले लोकान्तरलाई जानकारी दिए । 

प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेको सचिवालयका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले तीन महिनादेखि आन्दोलन गर्दै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्