१६ असार २०८३, मंगलबार

त्रिभुवन विमानस्थलमा खटिने प्रहरीले मोबाइल बोक्न नपाउने

त्रिभुवन विमानस्थलमा खटिने प्रहरीले मोबाइल बोक्न नपाउने
फाइल तस्वीर

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन् । 

महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार विमास्थलमा मोबाइलले गर्दा प्रहरीको ध्यान सुरक्षामा कम भएका कारणले बोक्न प्रतिबन्ध लगाएको बताए।

‘डियुटीमा खटिने प्रहरीले त्यो दिनको आफ्नो कमान्डरलाई मोबाइल बुझाएर जान्छन्,’ एसएसपी ढकालले लोकान्तरसँग भने,‘केहि अर्जेन्ट परेको खण्डमा कमान्डरले जानकारी गराउँछ ।’

३ हप्ता अगाडिदेखि विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारीले मोबाइल बोक्न नपाउने व्यवस्था गरेको थियो । त्यससँगै प्रहरीले पनि विमानस्थलमा खटिएका प्रहरीलाई मोबाइल बोक्न नपाउने व्यवस्था गरेको हो । 

ड्युटीको समयमा फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा प्रहरीको ध्यान गएका कारणले सुरक्षामा असर परेकाले त्यसलाई कम गर्न यस्तो व्यवस्था गरिएको एसएसपी ढकालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्