२७ जेठ २०८३, बुधबार

अदालतको डेडलक अब संवैधानिक प्रक्रियाबाट टुंगो लाग्छ- कानूनमन्त्री बडू

अदालतको डेडलक अब संवैधानिक प्रक्रियाबाट टुंगो लाग्छ- कानूनमन्त्री बडू

कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री दीलेन्द्र बडूले सर्वोच्च अदालतमा देखिएको गतिरोध संवैधानिक प्रक्रियाबाट टुंगो लाग्ने बताएका छन् । 

उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधि सभाबाट पारित हुने दाबी गरेका छन् । 

आइतवार प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि संसद सचिवालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री बडूले प्रधानन्यायाधीशको विवाद प्रक्रियामा गएको र त्यहीँबाट निरुपण हुने बताएका हुन् । 

‘न्यायालयमा जुन अवरोध थियो, संवैधानिक बाटोबाट अवरोध फुक्छ । यो जे बेथिति र अप्रत्यासित डेडलक थियो अब संवैधानिक निकासमा सबैको सहमति हुन्छ । एउटा प्रक्रियाबाट निराकरण हुन्छ,’ बडूले भने, ‘न्यायालयको नेतृत्वले जुन तत्परता र चिन्ता लिनुपर्थ्यो, त्यो देखिएन । न्यायालयको विवाद यसरी छताछुल्ल भएर जानु हुँदैन भन्ने हाम्रो मान्यता थियो । यो अवस्था रुचिकर होइन ।’ 

मन्त्री बडुले महाभियोगको विषय अब संसदमा पुगेकोले त्यहीँबाट निकास खोज्नुपर्ने बताए । ‘अब यो विषय प्रतिनिधि सभाको विषय हो, सांसदहरूले आफ्नो विवेक प्रयोग गर्छन् । यो अवस्था रुचिकर होइन,’ बडूले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्