नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सोमवार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको जानकारी दिए ।
संसद भवनको ल्होत्से हलमा बैठक बस्ने गरी संसदीय दलको बैठक बोलाइएको उनले बताए ।
त्यसबाहेक, संसदीय दलको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए ।