०८ साउन २०८३, शुक्रबार

रुसबाट आक्रमण भइहाल्ने विषयमा प्रमाण दिन युक्रेनका राष्ट्रपतिले दिए चुनौती

फागुन १, २०७८
रुसबाट आक्रमण भइहाल्ने विषयमा प्रमाण दिन युक्रेनका राष्ट्रपतिले दिए चुनौती

युक्रेनक राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसको आक्रमण बुधवार हुन लागेको भनी अमेरिकाले गरेको दाबीलाई चुनौती दिएका छन् । 

अमेरिकाले गोप्य सूचना आफूलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । 

रुसको आक्रमण योजनाका विषयमा जर्मनीको पत्रिका देर स्पीगलले खबर दिएको थियो । त्यसमा रुसका सैन्य इकाइहरूले कुन विशेष बाटो आएर आक्रमण गर्छन् भनी विस्तृत वर्णन गरिएको छ । त्यसलाई अमेरिकाको सिक्रेट सर्भिस, सीआईए र पेन्टागनले विश्लेषण गरेर राष्ट्रपति जो बाइडनलाई बुझाएको बताइएको छ । 

यो विस्तृत योजनाले पूर्वी युरोपमा युद्धको आशंका बढाएसँगै अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले रुसी समकक्षी सर्गे लाभरोभसँग फोनमा कुराकानी गरेका छन् । 

मस्कोले थप आक्रामकता देखाएमा त्यसको दृढ, विशाल र एकताबद्ध पराआन्ध्रीय जवाफ फर्काइने ब्लिन्केनले बताए ।

यसैबीच रुसले बेलायत तथा अमेरिकालाई जसरी पनि युद्ध भए हुन्थ्यो भन्ने चाहना भएकाले रुसी आक्रमणको हौवा पिटिरहेको प्रतिक्रिया दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्