०८ साउन २०८३, शुक्रबार
प्रधानन्यायाधीशविरुद्ध महाभियोग

दिउँसो हटाएर सर्वोच्चको वेबसाइटमा फेरि राखियो चोलेन्द्रको फोटो

दिउँसो हटाएर सर्वोच्चको वेबसाइटमा फेरि राखियो चोलेन्द्रको फोटो

सर्वोच्च अदालतको वेबसाइटमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको फोटो पुनः राखिएको छ । 

महाभियोग प्रस्ताव दर्ता भएपछि आइतवार दिउँसो उनको फोटो वेबसाइटबाट हटाइएको थियो । 

न्यायाधीश दीपककुमार कार्कीलाई सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश तोकिएपछि जबराको फोटो हटाइएको थियो ।

दिउँसो चोलेन्द्रको फोटो हटाएर दीपक कार्कीको फोटो माथि राखिएको थियो ।  अहिले दीपक कार्कीलाई कामु प्रधानन्यायाधीश भनेर चोलेन्द्रको पछि राखिएको छ । 

तर, अहिले भने जबराको फोटो पुनः राखिएको छ । 

प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता भएपछि राणा दिउँसो १ बजेतिर सरकारी गाडीको झण्डा हटाएर अदालतबाट बाहिरिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्