२९ जेठ २०८३, शुक्रबार

तयार भयो निर्वाचनको मार्गचित्र

फागुन २, २०७८
तयार भयो निर्वाचनको मार्गचित्र

निर्वाचन आयोगले स्थानीय  तह  निर्वाचनलाई  सुव्यवस्थित  ढङ्गले सञ्चालन गर्न आन्तरिक मार्गचित्र तयार पारेको छ ।

यही मार्गचित्रका आधारमा आयोगले  मतदाताको  अन्तिम  नामावली  तयारी  गर्नेदेखि  मतगणनासम्मको  फरक–फरक  कार्यतालिका  तयार  गरेर  निर्वाचन  समग्र प्रक्रियालाई अगाडि बढाउने भएको छ ।

आयोगले सम्भवतः सोमबार नै राजनीतिक दल  दर्ताका  लागि  आह्वान  गर्न  सक्ने  सम्भावना छ ।

'स्थानीय  तह  निर्वाचन–२०७९’लाई  व्यवस्थित  गर्ने  क्रममा  आयोगले  आइतबारबाट  नियमित  पत्रकार  सम्मेलन  पनि सुरु गरेको छ ।

हालका लागि सोमबार र बिहीबार नियमित र आवश्यकता अन्य दिन पनि पत्रकार सम्मेलनमार्फत सूचना प्रवाह गर्ने आयोगले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्