२९ जेठ २०८३, शुक्रबार

चिनियाँ कम्पनीले पायो सिद्धबाबा सुरुङ बनाउने जिम्मा

फागुन २, २०७८
चिनियाँ कम्पनीले पायो सिद्धबाबा सुरुङ बनाउने जिम्मा
फाइल तस्वीर

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा सुरुङ मार्ग  निर्माणको  जिम्मा  चाइना  स्टेट  कन्स्ट्रक्सन  इन्जिनियरिङ कर्पोरेसन कम्पनीले पाएको छ ।

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा  विकास  केन्द्रका  प्रमुख  प्रभातकुमार  झाका  अनुसार  सुरुङ  मार्ग  निर्माणका  लागि  आह्वान  गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी कम्पनीमध्ये सबैभन्दा  कम  आर्थिक  प्रस्ताव  गरेकोे  चिनियाँ  कम्पनीले  निर्माण  जिम्मा  पाएको  हो  ।  

बोलपत्रमा  सहभागी नौवटा निर्माण कम्पनी सहभागी थिए । सडक विभागले जेठ ९ गते बोलपत्र आह्वान गरेको थियो ।

केन्द्रका  प्रमुख  झाका  अनुसार  सो  चिनियाँ  कम्पनीले सात अर्ब ३४ करोड २१ लाख चार हजार ७३४  रुपैयाँमा  ठेक्का  पाएको  हो  ।  

अबको  दुई  हप्ताभित्र सो कम्पनीसँग सम्झौता भई निर्माण कार्य अगाडि  बढ्नेछ  ।  

सम्झौता  भएको  नौ  महिनाभित्र  निर्माण कम्पनीले सुरुङ मार्गको डिजाइन तयार गरी सडक विभागलाई बुझाउनुपर्ने हुन्छ ।

निर्माण कम्पनीले पाँच  वर्षभित्र  सुरुङ  मार्ग  निर्माण  गरी  नेपाललाई  हस्तान्तरण  गर्नुपर्ने  हुन्छ  ।

 सरकारले  आर्थिक  वर्ष  २०७५/७६ को नीति तथा कार्यक्रममा नै यो सुरुङ मार्ग निर्माण कार्यलाई समेटेको थियो ।

सो सडकको सिद्धबाबा खण्डमा जाने पहिरोका कारण हरेक वर्ष ठूलो  जनधनको  क्षति  हुँदै  आएको  छ  ।  

स्वदेशी  लगानीमा बन्ने यो सुरुङ मार्गका लागि अर्थ मन्त्रालयले २०७६ मङ्सिरमा १० अर्ब १५ करोड रुपियाँको बजेट सुनिश्चित गरिसकेको छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्