२३ जेठ २०८३, शनिबार

रुपन्देहीको कञ्चन गाउँपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४
रुपन्देहीको कञ्चन गाउँपालिकामा एमाले विजयी

लुम्बिनी, १८ असार -दोस्रो चरणको स्थानीय तहको निर्वाचनको रुपन्देहीमा अन्तिम मतपरिणाम आउने क्रम सुरु भएको छ ।

रुपन्देहीका १६ स्थानीय निकायमध्ये कञ्चन गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । कञ्चन गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष तथा उपाध्यक्ष दुवैमा जितेको छ ।

पाँच वटा वडा रहेको गाउँपालिकामा एमालेका गोकर्णबहादुर क्षेत्री छ हजार ७७७ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी गोमा पराजुलीले छ हजार ९२४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिनुभयो ।

उहाँहरु काँग्रेसका डोलबहादुर थापा र तीर्थीकुमारी थरुनीलाई पछाडि पार्दै विजयी हुनुभएको हो । थापाले पाँच हजार ९६७ र थरुनीले पाँच हजार ५२९ मत ल्याउनुभएको थियो ।

एक्काइस हजार ५४३ मतदाता रहेको गाँउपालिकामा १६ हजार ७४ मत खसेको निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिनुभयो । गाउँपालिकामा बदर मत भने निकै न्यून रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्