०२ असार २०८३, मंगलबार

डरलाग्दी महिला जसले छिमेकीलाई खुवाउन मान्छेको मासु र रगतबाट केक बनाउँथिन्

फागुन २, २०७८
डरलाग्दी महिला जसले छिमेकीलाई खुवाउन मान्छेको मासु र रगतबाट केक बनाउँथिन्

हामीलाई मांसाहारी र शाकाहारी जनावरहरूबारे थाहा छ । वनस्पति, फलफूल र तरकारी मात्र खाने जनावरलाई शाकाहारी भनिन्छ र मासु खानेलाई मांसाहारी भनिन्छ । 

कतिपय मानिसहरू शाकाहारी पनि छन् । तर, के तपाईंले  मानिसहरूलाई पनि खाने विभिन्न प्रकारका मानिसहरू हुन्छन् भन्ने सुन्नु भएको छ ? यदि सुन्नु भएको छैन भने यसबारेमा हामी जानकारी दिनेछाैं । 

त्यस्ता मानिसहरूलाई नरभक्षी भनिन्छ । ​नरभक्षीहरूको सबैभन्दा विशेष कुरा यो हो कि तिनीहरूको वरपर बस्ने मानिसहरूलाई थाहा हुँदैन कि तिनीहरू कति खतरनाक छन् । 

यस्ता मानिसहरू मानसिक रोगबाट ग्रस्त हुन्छन् जसमा मानिसलाई मानिसको मासु खाने लत लाग्न थाल्छ । 

यस्तै एउटा घटना सार्वजनिक भएको छ । एक साइको किलर महिलाले आफ्ना छिमेकीहरूलाई मानव मासुले बनेको केक खुवाउने गरेको र छिमेकीलाई पनि थाहा नभएको घटना सार्वजनिक भएको छ । 

इटालीमा बस्ने यी महिलाको नाम लियोनार्डा सियानसिलु थियो । यी महिलालाई मान्छे मार्ने साैख थियो । यी महिलाको अपराध गर्ने पनि तरिका अनौठो थियो । उनले आफ्नो जीवनबाट समस्यामा परेका महिलालाई लक्षित  गर्थिन् ।

एक मिडिया रिपोर्टका अनुसार यी महिलालाई 'द सोप-मेकर अफ कोरेजियो' भनेर पनि चिनिन्छ । एउटी महिला आफ्नो श्रीमानसँग रिसाएको थाहा पाएपछि अर्को असल श्रीमान पाउने नाममा घरमा बोलाउने गर्दथिन् । 

यस महिलाको पहिलो शिकार सन् १९३९ मा फोत्सिना सेट्टी नामकी महिला बनिन् । उनले ती महिलालाई चिठी कसैलाई भेट्न देशबाहिर जाँदैछु भन्ने किसिमको चिठी लेख्न लगाइन् । 

त्यसपछि बन्चरो प्रहार गरी उनको हत्या गरिन् ।  हत्यापछि महिलाको शव ९ टुक्रा पारिएको थियो । यी टुक्राहरूलाई साबुन बनाउन कास्टिक सोडामा उमालिएको थियो । यसपछि, रगतलाई कचौरामा जम्मा गरी चुलोमा सुकाइयो । रगत सुकेपछि उनले पिठो, चिनी, चकलेट, अण्डा र दूध मिसाएर क्रन्ची चिया केक बनाइन् । यो केक आफ्नो घरमा आउने छिमेकीलाई खुवाउँथिन् ।

यी महिलाले सन् १९४० मा फ्रान्सेस्का सोवी नामकी महिलालाई आफ्नो दोस्रो शिकार बनाइन् । उनले जागिर दिने नाममा यी महिलालाई आफ्नो जालमा फसाएकी थिइन् । 

यी सिरियल किलर महिलाले पहिलेको जस्तै गरी महिलाको हत्या गरिन्छ र, शवबाट केक बनाएर छिमेकीसँग मिलेर खाइन् । 

त्यसै गरी उनले तेस्रो महिलाको पनि हत्या गरिन् । तर, यसपटक उनको गल्ती समातियो । 

हत्या भएकी महिलाका परिवारले चिठीमा विश्वास गरेनन् । 

त्यसपछि प्रहरीले यी सिरियल किलर महिलालाई समात्यो । यी महिलाले पनि आफ्नो अपराध स्वीकार गरिन् । उनले  ३० वर्षको सजाय पाएकी थिइन् । 

उनको ७९ वर्षको उमेरमा अक्टोबर १९७० मा जेलमै मृत्यु भयो ।

salt training

कमेन्ट गर्नुहोस्