०४ असार २०८३, बिहीबार

कपिलवस्तुको यशोधरा गाउँपालिकामा काँग्रेस विजयी

कात्तिक २०, २०७४
कपिलवस्तुको यशोधरा गाउँपालिकामा काँग्रेस विजयी

कपिलवस्तु, १८ असार -यशोधरा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

मतगणनाको अन्तिम मतपरिणामअनुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार गिरिजेशकुमार पाण्डेयले तीन हजार २७५ र उहाँका निकटम प्रतिद्वन्द्वी राजपा नेता स्वतन्त्र उम्मेदवार रामदेव कलवारले तीन हजार १५५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी कन्यावती उपाध्याय दुई हजार ९५७ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँका निकट प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालकी राजमति यादवले एक हजार ७०९ मत प्राप्त गरेको मतगणनामा संलग्न प्रशासकीय अधिकृत पुनाराम पौडेलले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्