१० असार २०८३, बुधबार

ड्राइभर पछाडिको सिट हटेपछि माइक्रोबसभित्र यात्रुलाई सास्ती

कात्तिक २०, २०७४
ड्राइभर पछाडिको सिट हटेपछि माइक्रोबसभित्र यात्रुलाई सास्ती
काठमाडौँ, १८ पुस - पछिल्ला दिनमा माइक्रोबसका ड्राइभर पछाडि र ढोकाको साइडमा रहेका सिट हटाइएपछि यात्रुले झनै सास्ती खेपिरहेका छन् । माइक्रोभित्र कति यात्रु कोचिएको छ, अनुगमन गर्ने र सिट बमोजिम यात्रु राख्ने व्यवस्थाका लागि नियामक निकायबाट ध्यान दिन नसक्दा यस्तो अवस्था आएको आजको गोरखापत्रले खबर छापेको छ ।
नयाँ ठिमीबाट चल्ने रुटको माइक्रोबसमा चढेकी प्रमिला प्रजापति भन्दै थिइन् , सिट हटाएर गाह्रो भयो, उल्टैबाट भए पनि बस्न त पाइथ्यो ।
सुन्धारा पुग्नुुपर्ने प्रजापतिको प्रतिक्रिया थियो– सिट हटाएर यात्रुलाई कहाँबाट सजिलो भयो, माइक्रोबसमा चार जना बस्न पाउने सिट हटाएर त्यही ठाउँमा आठ जनालाई उभ्याउन थालेका छन् ।
महिला हिंसा र यात्रु एकअर्काको मुख हेरेर बस्दा असहज भएको र सरुवा रोगको बिरामी यात्रु छ भने अगाडि बस्नेलाई सर्नसक्ने कुरालाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र गुड्ने माइक्रोबसको उल्टो सिट हटाएको हो तर यात्रु भने समस्याबाट मुक्त हुन सकेका छैनन् ।
महाशाखाले दुई महिनाअघि उपत्यकामा चल्ने सबै (२६० वटा) माइक्रोबसमा उल्टो सिट हटाएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र मल्लले सवारीधनी पत्र (ब्लु बुक)मा उल्टो सिट समावेश गरिएको नहुने र सिट राख्नु गैरकानुनी भएका कारण हटाएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्