काठमाडौं, १८ असार –वल्र्डलिंक कम्युनिकेशन्स् प्रालिले आफ्ना सक्रिय ग्राहक १ लाख जना पुगेको छ ।
उक्त अवसरमा कम्पनीले सेलेब्रेसन अफरमा सामसुङ ग्यालेक्सी एस ८ मोवाइल जित्ने १० जना र ३ महिना निःशुल्क इन्टरनेट उपहार पाउने १ सय जना विजेताको नाम सार्वजनिक गरेको छ । मोबाइल तथा इन्टरनेट उपहार विजेतालाई कम्पनीको सफ्टवेयर सिस्टमले छनोट गरेको हो ।
सामसुङ ग्यालेक्सी एस ८ का विजेताहरुको युजर आइडी hardrock, tkarna, laligurans, farwestdgd,raj1234, gaurav_fbrgj, obzen, parbatibhlb, sujantimilsina and jyotilama12 छन् ।
साथै १ सय जना निःशुल्क इन्टरनेट विजेताहरुको युजर आइडी कम्पनीले आफ्नो वेवसाइट र फेसबुक पेजमा सार्वजनिक गरेको छ । कम्पनीले विजेतालाई उपहारका लागि स्वयं सम्पर्क गर्ने बताएको छ ।