
सात पारा तेक्वान्दो खेलाडीलाई कुकिवनबाट प्राप्त डानको प्रमाणपत्र सोमवार प्रदान गरिएको छ ।
४ खेलाडीलाई दोस्रो डान तथा ३ खेलाडीलाई पहिलो डानको प्रमाणपत्र प्रदान गरिएको छ ।
दोस्रो डानको प्रमाणपत्र पाउनेमा पारा ओलम्पियन पलेशा गोबद्र्धन, रञ्जना धामी, रामबहादुर अधिकारी र दीपेश महत रहेका छन् । पहिलो डानको प्रमाणपत्र पाउनेमा विशाल गर्बुजा, लोकराज शाही र सिर्जना घिसिङ छन् ।
अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले खेलाडीलाई प्रमाणपत्र प्रदान गर्दै पदोन्नति भएको बधाई दिएका छन् ।