काठमाडौं, १८ असार –एनसेलले अब पोखरा र दमौलीमा पनि चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा विस्तार गरेको छ ।
सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु-याउने योजना अनुरुप एनसेल प्रालिले पश्चिमका दुई सहर पोखरा र दमौलीमा सेवा विस्तार गरेको हो । कम्पनीले शनिवार (असार १७) देखि यी शहरमा आधिकारीक रुपमा फोरजी सञ्चालनमा ल्याएको छ ।
‘आफ्नो प्रतिवद्घता अनुरुप फोरजी सेवा विस्तार गर्दै देशलाई नयाँ प्रविधि अंगिकार गर्दै मकालिन विश्वसँग उभ्याउन तथा ग्राहकलाई नयाँ प्रविधिका विविध लाभ प्रदान गर्न एनसेल प्रतिबद्घ छ,’ एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने, ‘पहिला घोषणा गरे अनुरुप पोखरा र दमौलीमा सेवा विस्तार गर्न पाउँदा हामी निकै हर्षित छौं ।’
पोखरा र दमौलीमा फोरजी सेवाको विस्तारसँगै, फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल प्रयोग गर्ने एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रत गतिको ब्रोडब्याण्ड सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
फोरजी सिम नलिएका ग्राहकले फोरजी सेवाको लाभ लिन आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशूल्क साट्न सक्ने कम्पनीले बताएको छ ।
एनसेलले प्रविधि तटस्थताको अनुमति पाए पश्चात पहिलो चरण अन्र्तगत गत जेठ १८ देखि काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा फोरजी सेवा शुरु गरेको थियो ।
कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा १५ सहरमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य अनुरुप नेटवर्क परीक्षण गरीरहेको बताएको छ ।
‘पोखरा र दमौलीमा फोरजी सेवाको सञ्चालनसँगै देशको १०.३ प्रतिशत जनसंख्याको माझमा हाम्रो उच्च गतिको मोवाइल ब्रोडब्याण्ड सेवा पुग्नेछ,’ शर्माले थपे, ‘यसका साथै, ग्रामीण र दुर्गम स्थानलाई ध्यानमा राखि सन् २०१८ भित्र थ्रिजी सेवाको कभरेज दोब्बर बनाउदै देशको कुल जनसंख्याको ६० प्रतिशतमा पु-याउन पनि काम भईरहेको छ ।’
राष्ट्रिय ब्रोडव्याण्ड नीतिले लिएका लक्ष्य प्राप्तिमा योगदान गर्न देशका विभिन्न भागमा क्रमशः फोरजी/एलटिई सेवामा पहुँच सुनिश्चित गर्दै जाने कम्पनीले जनाएको छ । राष्ट्रिय ब्रोडव्याण्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै वडामा ब्रोडव्याण्ड सेवा पुर्याउने लक्ष्य राखेको छ ।