२० असार २०८३, शनिबार

छ घण्टा हिँडर विद्यालय

फागुन ३, २०७८
छ घण्टा हिँडर विद्यालय
फाइल तस्वीर

गाउँमा  विद्यालय  नहुँदा जिल्लाको पूर्वमा रहेको निस्दी ज्यामिरेका बालबालिका माध्यमिक तहको अध्ययन गर्न छ घण्टा हिँडेर पढ्न जान बाध्य छन् ।

​ निस्दी–७, ज्यामिरेका बालबालिका मावि तहको अध्ययनका लागि अन्य जिल्लामा समेत जान बाध्य भएका हुन् ।

ज्यामिरेस्थित   दावेदी,   झेर्लुङ्दी,   लावेटार, मठेखर्क,  मलग्राम,  टारेपहार,  पिपेङ्दीलगायत  गाउँका एक सय जनाभन्दा बढी बालबालिका पढ्न गाउँभन्दा बाहिर  जान  बाध्य  भएका  हुन् ।

'गाउँमा  मावि  तहको पढाइ हुने विद्यालय नहुँदा बालबालिका छ घण्टा हिँडेर ज्यामिरेस्थित जनप्रिय माविमा पढ्न जानुपर्छ, स्थानीय जनप्रिय  प्राविकी  शिक्षिका  कृष्णा  गाहाले  भने, कोही नवलपरासीको सर्दी र दुम्कीबासमा जानुपर्छ । ’

गाउँमा चारवटा प्रावि र एउटा आधारभूत तहका विद्यालय  छन् ।  ती  विद्यालयबाट  हरेक  वर्ष  मावि अध्ययनका  लागि  उत्तीर्ण  भएका  एक  सयभन्दा  बढी विद्यार्थी  अन्यत्र  जानुपर्छ ।

'ज्यामिरेको  डाँडामा  रहेको जनप्रिय  माविमा  पुगे  दैनिक  छ  घण्टा  हिँड्नुपर्छ । त्यहाँ  नगए  जिल्ला  छाडेर  अर्को  जिल्लामा  जानुपर्छ’, शिक्षिका गाहाले भने । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्