०५ साउन २०८३, मंगलबार

गोकुल बास्कोटाको टिप्पणी- प्रचण्ड नेपालले एमसीसी सदनबाट पास र सडकबाट खारेज गर्छन्

गोकुल बास्कोटाको टिप्पणी- प्रचण्ड नेपालले एमसीसी सदनबाट पास र सडकबाट खारेज गर्छन्

नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पास गर्न सहमति जनाएको टिप्पणी गरेका छन् ।

सदनबाट एमसीसी पास गर्न सहमति जनाएर सडकमा प्रदर्शन गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एस)का अध्यक्ष माधव नेपालले राष्ट्रवादको नयाँ भाष्य निर्माण गर्न खोजेको उनको टिप्पणी  छ ।

‘देउवाले सय दिनमा चुच्चे नक्शालाई बुच्चे बनाए । अब पुष्पकमल र माधवले हप्तादिन जसोमा एमसीसी सदनमा ध्वनि मतबाट पास र सडकमा धुमधामले टायरसहितको मसाल जुलुस गरी खारेज गर्छन्,’ बास्कोटाले मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘त्यसपछि राष्ट्रवादको नयाँ भाष्य निर्धारण हुन्छ । रणनीतिक रक्षा र प्रत्याक्रमण भनेकै यही हो ।’

सोमवार एमाले बाहेकको सर्वदलीय बैठकमा एमसीसी टेबुल गर्ने सहमति भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्