०५ असार २०८३, शुक्रबार

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२, नयाँगाउँमा मंगलवार बिहान भएकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका-९, हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका  प्रहरी बुटवलले बताएको छ । उनीहरूको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

गैडहवा गाउँपालिकाका बिमल रानाले चलाएकाे लु ६० प ३६५२ नम्बरको मोटरसाइकलमा तीन जना सवार थिए । बिहान करीब ४ बजे अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको थियो । 

 दुर्घटनामा गम्भीर घाइते  मोटरसाइकल चालक २१ वर्षीय विमलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्