१३ असार २०८३, शनिबार

यस्तो छ कलंकीको भद्रगोल

कात्तिक २०, २०७४
यस्तो छ कलंकीको भद्रगोल
काठमाडौँ, १८ पुस - कलङ्कीको जाम र धुलोधुवाँले वाक्क भएका सवारी साधन चालक र यात्रुहरू सडकमा ढल बग्न थालेपछि अर्को समस्या खेप्न बाध्य भएका छन् । त्यस क्षेत्र हुँदै हिँड्ने पैदल यात्रु र वरपर व्यापार व्यवसाय गर्नेहरू त झन् नाक, मुख थुनेर हिँड्न र बस्न बाध्य छन् ।
कलङ्की चोकबाट स्वयम्भू जाने सडकको बायाँतिरका अग्ला घरबाट ढल रसाएर सडकभरि भएको एक महिना भइसक्दासमेत सम्बन्धित निकायको ध्यान गएको छैन । कलङ्की–रत्नपार्कका टेम्पो चालक रामहरि भण्डारीले ढलको दुर्गन्धले कलङ्की क्षेत्रमा ओहोरदोहोर गर्नै समस्या भएको गुनासो गरे, आजको गोरखापत्रले खबर छापेको छ
“टेम्पो पार्किङ गर्ने ठाउँमा ढल फुटेर पोखरी भएपछि टेम्पो पार्किङका लागि समस्या त भएको छ नै, त्योभन्दा ठूलो समस्या यात्रु ओराल्न र चढाउन भएको छ”, उनले भने , “त्यसै त कलङ्कीमा सडक निर्माणको कामले ट्राफिक जाम र धुलोले सताएको छ, यसैमाथि ढल फुटेर सडकमा टेम्पो गुडाउनु पनि समस्या भएको छ । ”

कपडा व्यापारी दीपक गौतमले चक्रपथ निर्माणका क्रममा विगतदेखि धुलोले अस्तव्यस्त कलङ्की चोकमा अहिले ढलले गर्दा पसल खोल्नसमेत समस्या भएको अनुभव सुनाए ।
सडकमै सिट्ठी फुकेर र हात हल्लाएर ड्युटी पूरा गर्नुपर्ने बाध्यताका ट्राफिक प्रहरी जवान जुद्धबहादुर थापाले प्रश्न गर्दै भने , “यो दुर्गन्धमा दिनभरि बस्दा कम्ती गाह्रो छैन, हामीलाई त ‘ड्युटी’ गर्नुपर्ने हुँदा के धुलोधुवाँ के ढल, जस्तो वातावरण भए पनि बस्नै प¥यो । ’’ यता महानगरमा देखिएका हरेक समस्याको समाधान गर्ने जिम्मा पाएको काठमाडौँ महानगरपालिकालाई ढल फुटेर महिनौँ हुँदासमेत अत्तोपत्तो छैन । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले त्यसबारेमा अहिलेसम्म कुनै जानकारी नभएको भन्दै त्यसको मर्मतका लागि तुरुन्त महानगरअन्तर्गतको वातावरण विभागलाई निर्देशन दिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्