०५ असार २०८३, शुक्रबार

स्कुटरमा जाँदा सामुन्ने बाघ देखिएपछि ... [भिडियो]

फागुन ३, २०७८
स्कुटरमा जाँदा सामुन्ने बाघ देखिएपछि ... [भिडियो]

अकस्मात सामुन्ने बाघ देखिएपछि के गर्नुपर्ला ? धेरैको जवाफ हुनसक्छ – भाग्नुपर्छ । तर भारतमा भएको एउटा घटनाको रोचक भिडियो भाइरल भइरहेको छ ।

भारतको गुजरातमा भएको घटना बताउँदै आईएफएस सुशान्ता नन्दाले शेयर गरेको भिडियो यतिबेला चर्चामा छ ।

भिडियोमा २ जना व्यक्ति गाउँको बाटो हिँडिरहेका बेला अगाडि बाघ आएको देखिन्छ । बाघ देख्दा ती व्यक्ति आत्तिँदैनन्, बरु स्कुटर रोक्छन् । 

बाघ बाटैबाटो झन्–झन् नजिक आइरहेको देखिन्छ । तैपनि ती व्यक्ति आत्तिँदैनन् । तर बाघ एकछिनपछि जंगलतिर जान्छ । ती व्यक्तिहरू सुरक्षित महसूस गर्छन्, सुखद श्वास लिन्छन् ।

हेर्नुहोस् भिडियो – 

salt training

कमेन्ट गर्नुहोस्