०७ असार २०८३, आइतबार

हायत होटलबाट युरेनियम जस्तो देखिने पदार्थसहित ६ जना पक्राउ

हायत होटलबाट युरेनियम जस्तो देखिने पदार्थसहित ६ जना पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौंको बौद्धबाट युरेनियम जस्तो देखिने पदार्थसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्धस्थित हायत रिजेन्सी होटल परिसरबाट आरोपीलाई पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार ह्यात होटलको पार्किङमा राखिएको बा५च ८२०९ नम्बरको हुण्डाई गेटज कारबाट कालो छालाको झोलामा राखिरहेको अवस्थामा युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको हो । 

वृत्त बौद्धले सोमवार राति उनीहरूलाई पक्राउ गरेको हो । मंगलवार प्रहरीले बरामद पदार्थ परीक्षणका लागि पठाउने छ । कालो छालाको जस्तो देखिने कभरले प्याकेट जस्तो बनाइराखेको अवस्थामा बरामद गरिएको वस्तु परीक्षणपछि मात्र युरेनियम भए/नभएको यकिन हुने जनाइएको छ । 

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कार र बा२६प १६२८ नम्बरको मोटरसाइकलसहित सिराहा लक्ष्मीपुर पतरी गाउँपालिका घर भई हाल ठमेल बस्ने गोपीलाल दास, सिन्धुपाल्चोकको हेलम्भु घर भई हाल बौद्ध माहाँकाल बस्ने रामकृष्ण लामिछाने, कपनका भुपेन्द्र खड्का, ललितपुरका नवराज महत, सिरहाकै बरियापट्टी घर भई ठमेल बस्ने जिवछ नारायण यादव र महोत्तरी भई गोकर्णेश्वरको शिवचोक बस्ने सुरेन्द्रप्रसाद चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्