
काठमाडौं, १८ असार– असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ ।
तीनवटा प्रदेशका ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनको मतपरिण आउने क्रम जारी छ । पछिल्लो विवरण अनुसार २ सय स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । अब मत परिणाम आउन १ सय ३४ स्थानको बाँकी रहेको छ । जसको मतगणना भइरहेको छ ।
यी मध्ये धेरै जासो स्थानीय तहको मतपरिणाम भोलिसम्ममा आउँने अनुमान गर्न सकिन्छ । तर विराटनगर महानगरपालिका सहित सात उपमहानगरपालिकाको नतिजा सार्वजनिक हुन भने अझै केही दिन लाग्ने निश्चित छ ।
पछिल्लो परिणाम अनुसार नेकपा एमालेले ९४ स्थानीय तहमा जीत निकाल्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ७७ स्थानीय तहमा जित निकालेको छ । यस्तै माओवादी केन्द्रले २८ स्थानीय तहमा जीत निकालेको छ ।
राष्ट्रिय जनमोर्चाले दुई स्थानीय तहमा जित निकाल्दा फोरम नेपाल र समाजवादी फोरमले एक एक स्थानीय तहमा जित निकालेका छन् ।