
यती ब्रुअरीले नयाँ बियर यती ब्लण्ड सार्वजनिक गरेको छ।
'स्पिरिट अफ द माउन्टेन्स' स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर रहेको कम्पनीले जनाएको छ ।
बियर उत्साहीहरूलाई लक्षित गरिएको यती ब्लण्ड बियरले हिमाली आभास झल्काउने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उदेश्य रहेको छ। कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार पारिएको कम्पनीको भनाइ छ।
यति ब्लण्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२% रहेको छ।
यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल - अफ क्याप सहित ३३० मि. लि. र ६५० मि. लि. को बोतलमा उपलब्ध छन् जसको मूल्य क्रमशः रु १८० र रु ३५० रहेको कम्पनीले जनाएको छ ।