१२ साउन २०८३, मंगलबार

पश्चिम भन्छ : पुटिनको सैन्यफिर्तीलाई पत्याउन सकिन्न, भोलि बिहान युक्रेनमाथि आक्रमण

फागुन ३, २०७८
पश्चिम भन्छ : पुटिनको सैन्यफिर्तीलाई पत्याउन सकिन्न, भोलि बिहान युक्रेनमाथि आक्रमण

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार बिहानै युक्रेनमा आक्रमणको आदेश दिने अनि आज गरिएको सैन्यफिर्ती भ्रम छर्नका लागि मात्र भएको पश्चिमका गुप्तचर निकायले बताएका छन् । 

बेलायतको द सन पत्रिकाले दिएको खबरअनुसार, युक्रेनमाथि रुसको आक्रमण सम्भवतः स्थानीय समयअनुसार बिहान ३ बजे हुनेछ । 

शुरूमा बेस्सरी हवाई आक्रमण हुने अनि सीमाबाट ट्यांक पस्ने अमेरिकी गुप्तचरहरूको विश्वास छ । 

रुसले मंगलवार पश्चिमी र दक्षिणी क्षेत्रबाट लगभग १० हजार सैनिकहरू अड्डामा फिर्ता बोलाएको छ । 

तर युक्रेनको पूर्वी र दक्षिणी सीमामा लगभग एक लाख ३० हजार सैनिक अझै छन् अनि बेलारुस सीमामा लगभग ४० हजार सैनिक छन् । 

दोनबास क्षेत्रमा ३० हजार रुससमर्थक पृथक्तावादीहरू युक्रेनी प्रतिरक्षकहरूसँग आमनेसामने छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्