१० साउन २०८३, आइतबार

युक्रेनमा रहेको दोनेत्स्क र लुगान्स्कलाई देशको मान्यता दिन पुटिनलाई रुसी सांसदहरूको अपील

फागुन ३, २०७८
युक्रेनमा रहेको दोनेत्स्क र लुगान्स्कलाई देशको मान्यता दिन पुटिनलाई रुसी सांसदहरूको अपील

रुसको संसद् डुमाका सदस्यहरूले बहुमतका साथ राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युक्रेनमा रहेको दोनेत्स्क र लुहान्स्क प्रान्तलाई देशको मान्यता दिन अपील गरेका छन् । 

युक्रेनको पूर्वतर्फ रहेका यी दुई प्रान्तमा रुसीभाषीहरूको बाहुल्य छ र त्यहाँ पृथक्तावादी आन्दोलन चलिरहेको छ । 

यसैबीच रुसले युक्रेन सीमा नजिक तैनाथ गरिएका १० हजार जति सैनिक फिर्ता बोलाएर पश्चिमको युद्ध प्रचारबाजीलाई ध्वस्त पारेको बताएको छ । युक्रेनमाथि आक्रमण हुँदैछ भनेर निरन्तर प्रचारबाजी गर्ने पश्चिमको बेइज्जती भएको रुसको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्