०९ साउन २०८३, शनिबार

२४ घण्टामा थपिए ६८० संक्रमित, २ जनाको मृत्यु

२४ घण्टामा थपिए ६८० संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९५ नमूना परीक्षणमध्ये ४९८ पीसीआर र १८२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९०२ छ । 

मन्त्रालयका अनुसार थप १८३५ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ४२ हजार ७३७ पुगेको छ । 

हाल मुलुकभर १९ हजार ४०० सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्