१५ असार २०८३, सोमबार

एमसीसीबारे बाबुरामको टिप्पणी : भेडा भेडासँग, बाख्रा बाख्रासँग हुनु राम्रो

एमसीसीबारे बाबुरामको टिप्पणी : भेडा भेडासँग, बाख्रा बाख्रासँग हुनु राम्रो

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको मुद्धामा यसको समर्थक र विरोधीहरू एउटै गठबन्धन र सरकारमा बस्न नमिल्ने बताएका छन् ।

मंगलवार राति एक ट्वीट गर्दै डा. भट्टराईले यस्तो लेखेका हुन् ।

उनले सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुन नहुने बताएका हुन् । 

उनले भनेका छन्, ‘भेडा भेडासँग बाख्रा बाख्रा बाख्रासँग हुनु राम्रो ।’

यसअघि उनले एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकासको नीति बनाउनुपर्नेतर्फ जोड दिएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्