×

NMB BANK
NIC ASIA

यातायात कार्यालय भेरीमा ‘भूकम्प’ : लाईसेन्स परीक्षामा अनियमितता गर्ने १६ कर्मचारीविरुद्ध एकैपटक मुद्दा दायर

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, १८ असार –यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालयका १६ कर्मचारीविरुद्ध ड्राईभिङ लाइसेन्स परीक्षामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैपक विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कसरी भयो अनियमितता ?
गत साल कार्तिक ५, ६, ७ र ८ गते भएको चारपाङ्ग्रे सवारी लाईसेन्सको लिखित परिक्षाको नजिता प्रकाशनमा अनियमितता भएको अख्तियारले जनाएको छ । उक्त परीक्षामा कुल १२ हजार ६ सय ३१ जना परीक्षार्थी सहभागी भई लिखित परीक्षामा ९ हजार ४ सय ९ जना उत्तिर्ण गराई नतिजा प्रकाशन भएको थियो ।

उक्त परीक्षामा जम्मा ४६५ जना परीक्षार्थीहरू प्रयोगात्मक परीक्षामा समेत उत्तिर्ण भएका थिए । परिक्षा समितिको चैत ७, १२ र १३ गतेको बैठकले ती परीक्षार्थीहरूको नाममा सवारी चालक अनुमतिपत्र जारी गर्ने निर्णय गरेको थियो ।

चालक अनुमतिपत्र जारी भएका ती सवारी चालकको उक्त परीक्षामा उत्तरपुस्तिकामा प्रदान गरिएको अंकको सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो । उक्त परीक्षाको वस्तुगत बहुबैकल्पिक तर्फको प्रश्नमा कम्तीमा ९ वटा प्रश्नको सही उत्तर दिने परीक्षार्थीमात्र लिखित परीक्षामा उत्तिर्ण गराउनु पर्नेमा ९ वटा भन्दा कम सही उत्तर दिने सवारी चालकको अनुमतिपत्र पनि जारी गरेर अनियमितता गरिएको अख्तियारले जनाएको छ ।

लाईसेन्स जारी भईसकेको ४ सय ६५ विद्यार्थीमध्ये ९० जना परीक्षार्थीलाई तथा उत्तरपुस्तिका परिक्षण नै नगरिएका ३३ जना परीक्षार्थीहरूलाई समेत लिखित परीक्षामा उत्तिर्ण गराई परीक्षाको परिणाममा फेरबदल गरिएको अख्तियारले जनाएको छ ।

उक्त अनियमिततामा सहभागी भएका १६ कर्मचारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कसूर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । ती कर्मचारीविरुद्ध सोही ऐनको सोही दफा बमोजिम सजाय हुन मागदाबी लिई अदालतमा मुद्दा दायर गरिएको हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x