
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।
दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्स सातदोबाटोमा एउटा खेल हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब दिउँसो १ बजे खेल्दैछन् ।
यस्तै दशरथ रंगशालामा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा खेल्दैछन् ।