
गुल्मीको मुसिकोटमा गएराती एम्बुलेन्समा आगलागी भएको छ ।
मुसिकोट नगरपालिका ४ वडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगलागी भएको हो ।
अज्ञात पक्षले लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगो लगाइदिएको एम्बुलेन्स चालक शंकर बगालेले जानकारी दिए ।
एम्बुलेन्स भारतीय भूतपूर्व सैनिकको सहयोगमा स्वास्थ्यचौकीले संचालन गरिरहेको थियो । मुसिकोट ४ डाँडाथोक स्थित घर अगाडि रोकेर राखेको एम्बुलेन्समा एक्कासी आगलागी भएको बगालेले बताए ।