
रुपन्देहीको बुटवलमा बन्द गराउँदै हिँडेका ९ जना बन्दकर्ता पक्राउ परेका छन् । मोर्चामा सहभागी नेता-कार्यकर्ता पक्राउ परेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।
नेपाल बन्द गर्न आव्हान गर्ने क्रममा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदीसहित ९ जना गिरफ्तार भएका छन् । थारु सहित , युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विक लगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो । बुधबार नेकपा लगायतका दल तथा मोर्चाद्वारा आव्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मुख्य राजमार्गहरू बिहानैदेखि सुनसान छन् ।
सडकमा सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसीले जानकारी दिए ।