०९ असार २०८३, मंगलबार

झण्डै ४ किलो चरेस बरामद

झण्डै ४ किलो चरेस बरामद

सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका-१६ इनरुवा इलाकाबाट मंगलवार झण्डै चार किलो ग्राम चरेस बरामद गरेको छ । 

आठ वटा प्याकेटमा रहेको तीन किलो ९०० ग्राम चरेस सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणको गस्ती टोलीले  बरामद गरेको हो । 

नेपालबाट भारततर्फ जाँदै गरेको व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देखेपछि झोला फालेर भागेको बताइएको छ । 

सो झोला बरामद गर्दा चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद चरेस नेपाल प्रहरीलाई बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्