०२ साउन २०८३, शनिबार

उत्तर कोरियाको आणविक परीक्षण केन्द्रमा भूकम्पको झट्का अनुभव, के गर्दैछन् किम ?

फागुन ४, २०७८
उत्तर कोरियाको आणविक परीक्षण केन्द्रमा भूकम्पको झट्का अनुभव, के गर्दैछन् किम ?

उत्तर कोरियाको आणविक परीक्षण केन्द्र नजिक भूकम्पका झट्काहरू अनुभव गरिएको छ । 

किम जोङ उनले विगत केही समयदेखि लगातार आणविक परीक्षण गरिरहेकाले फेरि नयाँ परीक्षण गरेको हो कि भन्ने आशंका यसले जन्माएको छ । 

वैज्ञानिकहरूले गत शनिवारदेखि उत्तर कोरिया र वरपरको क्षेत्रमा लगातार भूकम्पीय गतिविधि र भौगर्भिक अस्थिरता देखिएको बताएका छन् । 

मंगलवार पनि त्यस्तो भूकम्प अनुभव भएको दक्षिण कोरियाको मौसम विभागले जनाएको छ । 

उत्तर कोरियाको पूर्वोत्तर क्षेत्रमा रहेको पुंग्ये–री आणविक परीक्षण स्थलबाट लगभग ३५ किलोमिटर पर भूकम्पको केन्द्र थियो । 

अमेरिकाले शत्रुता देखाएको र धम्की दिइरहेको आरोप लगाउँदै उत्तर कोरियाले अस्थायी रूपमा निलम्बित सबै गतिविधि गर्ने बताएको थियो । ट्रम्प प्रशासनसँग वार्ता गर्ने क्रममा उत्तरले आणविक परीक्षण गतिविधिहरू रोकेको थियो । तर अहिले ऊ फेरि आणविक हतियार र लामो दूरीका क्षेप्यास्त्रको परीक्षण पुनः शुरू गर्दैछ । 

अमेरिकासँग वार्ताका लागि फेरि दबाब दिनका लागि उत्तरले लगालग परीक्षण गरिरहेको देखिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्