०८ साउन २०८३, शुक्रबार

५९ दिनपछि प्रतिनिधि सभा बैठक, एमालेको नाराबाजी

५९ दिनपछि प्रतिनिधि सभा बैठक, एमालेको नाराबाजी

झण्डै २ महिनाको अन्तरालमा बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको छ ।

बुधवार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसदहरू वेलमा आएर नाराबाजी शुरु गरेका हुन् ।

माधव नेपाल लगायत पार्टीले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गर्न मागगर्दै एमालेले भदौ २३ गतेदेखि प्रतिनिधि सभामा लगातार अवरोध गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्