१९ असार २०८३, शुक्रबार

क्लिनिक वान अब भक्तपुरमा पनि

क्लिनिक वान अब भक्तपुरमा पनि

विगत ६ वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गरिरहेको क्लिनिक वानले आफ्नो दोस्रो केन्द्र भक्तपुरमा सञ्चालन गरेको छ । क्लिनिक वानले भक्तपुरको सूर्यविनायक रामदेवी कम्प्लेक्सको चौथो तलामा सेवा सञ्चालनमा ल्याएको हो । 

आधुनिक उपकरण, विज्ञ स्वास्थ्यकर्मी, सफल व्यवस्थापन र वुटिक क्लिनिकको अवधारणासहित स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको क्लिनिक वानले जनाएको छ । 

यहाँ विशेषज्ञ डाक्टर परामर्श, फुल बडी चेकअप, खोप, आँखा जाँच, दाँत परीक्षण, एक्सरे लगायतका सेवाहरू दिइनेछ ।  

साथै बिरामीहरूको सुविधाका लागि अनलाइन बुकिङ, घरमै परामर्शलगायतका सेवाहरू लिन सकिने बताइएको छ । 

‘सामान्य स्वास्थ्य सेवाका लागि काठमाडौं र ललितपुर धाउनुपर्ने प्रवृत्तिलाई कम गर्न र अन्य स्वास्थ्य केन्द्रहरू खोल्न प्रेरणा मिलोस् भनेर भक्तपुरमा खोलिएको हो,’ प्रबन्ध निर्देशक सन्तोष पौडेलले भने । 

उनका अनुसार भविष्यमा यस्तै केन्द्रहरू काठमाडौंलगायत देशका विभिन्न ठाउँमा खोल्ने योजना बनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्