०५ साउन २०८३, मंगलबार

बागमती प्रदेशसभा बैठक फागुन १६ गते बस्ने

बागमती प्रदेशसभा बैठक फागुन १६ गते बस्ने

गत पुस ८ गते स्थगित बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले बुधवार आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक फागुन १६ गते राख्ने विषयमा दलहरूबीच सहमति भएको हो ।

प्रदेशसभा बैठक पुस ८ गतेयता बसेको छैन । विपक्षी दल नेकपा एमालेको अवरोधका कारण सत्तापक्षले बैठक आह्वान गर्न सकेको थिएन ।

सभामुख सानुकुमार श्रेष्ठले बोलाएको सर्वदलीय बैठकमा फागुन १५ गते पुनः सर्वदलीय बैठक बस्ने र फागुन १६ गते प्रदेशसभा बैठक बोलाउने विषयमा दलहरूबीच सहमति भएको छ ।

बुधवार बसेको सर्वदलीय बैठकमा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्