०४ असार २०८३, बिहीबार

काठमाडौंमा १००० दरका नेपाली नक्कली नोट फेला, ४ जना पक्राउ

काठमाडौंमा १००० दरका नेपाली नक्कली नोट फेला, ४ जना पक्राउ

काठमाडौंमा १००० दरका नेपाली नक्कली नोटसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

बुधवार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका–१६ नयाँबजार मेडिकल चोक एरियामा केही व्यक्तिले नेपाली नक्कली नोटको अवैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले ४ जनालाई पक्राउ गरेको हो ।

आरोपीबाट १००० दरका २९४ थान नक्कली नेपाली नोट बरामद गरिएका छन् ।

प्रहरीले नक्कली नोटसहित रौतहटको गौर नगरपालिका–१२ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने २८ वर्षीय पृथ्वीप्रसाद साह, राजपुर नगरपालिका–३ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने २७ वर्षीय मोहम्मद मुसरफ अली, राजपुर नगरपालिका–६ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३० वर्षीय असरफ अली सहिद र गौर नगरपालिका–९ घर भई नयाँबजार बस्ने २८ वर्षीय महमद शम्साद आलमलाई पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्