२५ जेठ २०८३, सोमबार

जेठ १ देखि नयाँ शैक्षिक सत्र

फागुन ५, २०७८
जेठ १ देखि नयाँ शैक्षिक सत्र

 सरकारले  २०७९  सालको  नयाँ  शैक्षिक  सत्रको  पठनपाठन  आगामी  जेठ  १  बाट  शुरू  गर्ने  निर्णय गरेको छ ।

शिक्षा,  विज्ञान  तथा  प्रविधि  मन्त्रालयका  प्रवक्ता  दीपक  शर्माले  बुधबार  मन्त्रालयले  यसबारे  निर्णय  गरेको  बताउँदै  भने,  “भर्नालगायतका  प्रक्रिया  आगामी  वैशाखमा  सक्ने  र  पठनपाठन  जेठ  १  बाट  थालेर  २०७९  साल  चैत  मसान्तभित्र सक्ने निर्णय भएको छ ।”

गत असारबाट नयाँ शैक्षिक सत्र सुरु भएको हो । गएको मङ्सिरबाट मात्र भौतिक उपस्थितिमा पठनपाठन हुँदै आएको थियो । कोभिड–१९ को नयाँ  भेरियन्ट  ओमिक्रोनका  कारण  शिक्षण संस्था पुनः एक महिना बन्द भए  ।  आइतबारबाट  पुनः  शिक्षण  संस्था नियमित भएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्