०१ असार २०८३, सोमबार

वैदेशिक रोजगार विभागमा सादा पोसाकका प्रहरी

फागुन ५, २०७८
वैदेशिक रोजगार विभागमा सादा पोसाकका प्रहरी

अनियमितता  र  ठगी नियन्त्रणका   लागि   वैदेशिक   रोजगार   विभागमा प्रहरी  टोली  परिचालन  गरिएको  छ ।

 नेपाल  प्रहरीको मानव  बेचबिखन  अनुसन्धान  ब्युरोबाट  प्रहरी  नायब उपरीक्षकको  नेतृत्वमा  सात  सदस्यीय  प्रहरी  टोली परिचालन गरिएको गरिएको हो ।

विभागका   महानिर्देशक   शेषनारायण   पौडेलले विभागमा   मङ्गलबारदेखि   सादा   पोसाकमा   प्रहरी परिचालन   गरिएको   जानकारी   दिए।

  प्रहरी टोलीले  विभागसँग  समन्वय  गरेर  काम  गर्ने  उनले बताए । भ्रमण  भिसामा  नेपाली  युवालाई  विदेश  पठाएर खाडीलगायतका  देशमा  अलपत्र  पार्ने  र  ठग्ने  क्रम बढेपछि  गृह  मन्त्रालयको  समेत  ध्यानाकर्षण  भएको थियो ।  

सो  टोलीले  यस  विषयलाई  समेत  निगरानी गर्ने  विभागले  जनाएको  छ ।  विभागका  अनुसार  प्रहरी टोलीलाई  उजुरी  लिने,  अनुसन्धान  गर्ने  तथा  पक्राउ गर्नेसम्मको अधिकार दिइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्