
बालाजुमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जित शर्मा दासले लोकान्तरलाई जानकारी दिए ।
बालाजुको गंगा हल अगाडिको सडकमा बिहान ६ बजे बसको ठक्करबाट पैदलयात्रा गरिरहेका एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ ।
अर्का अन्दाजी ५०/५५ वर्षीया महिलाको भने सनाखत हुन बाँकी रहेको बताइएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको एसपी दासले जानकारी दिए ।
उनीहरुलाई ठक्कर दिएर बससहित चालक फरार भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।