२३ जेठ २०८३, शनिबार

युक्रेन सीमानजिक पोल्यान्डमा आइपुग्यो अमेरिकी सेना

फागुन ५, २०७८
युक्रेन सीमानजिक पोल्यान्डमा आइपुग्यो अमेरिकी सेना

युक्रेनको सीमानजिक पोल्यान्डको एक विमानस्थलमा बुधवार सयौं अमेरिकी प्याराट्रूपरहरू आइपुगेका छन् । 

रुस र नेटोबीच तनाव चलिरहेको बेलामा ती सैनिकहरू पोल्यान्डमा तैनाथ गरिएका हुन् ।

समाचार संस्था एएफपीका संवाददाताहरूले अमेरिकी सैनिकहरू दुइृवटा सैन्य विमानबाट रेस्जो विमानस्थलमा ओर्लिएको अनि बसमा चढेको देखेका थिए । उक्त विमानस्थल युक्रेन सीमाभन्दा १०० किलोमिटर पर छ । 

सैनिकहरूलाई विमानस्थलबाट ब्ल्याक हक र चिनूक हेलिकप्टरबाट समेत ओसारपसार गरिएको थियो । 

सशस्त्र कार, सैन्य ट्रक, कन्टेनर र दर्जनौं सैनिकहरू विमानस्थल टर्मिनल नजिकैको कन्फरेन्स सेन्टरमा क्याम्प बनाएर बसेका थिए । 

कति समयसम्म पोल्यान्डमा बस्ने हो भनी सोधिएको प्रश्नमा एक अमेरिकी सार्जेन्टले थाहा छैन भने ।

अमेरिकाको नर्थ क्यारोलाइनामा रहेको ८२औं एयरबोर्न डिभिजनका सैनिकहरू गत १२ देनिदेखि जासिओन्का गाउँमा रहेको विमानस्थलमा ओर्लिरहेका छन् । 

अमेरिकाले पोल्यान्डमा लगभग ४७ सय थप सैनिकहरू अस्थायी तैनाथ गर्ने योजना बनाइएको बताएको छ । रुसले युक्रेन नजिक सैनिकहरू तैनाथ गरेको जवाफमा यो तैनाथी गरिएको बताइन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्