गुल्मी, १९ असार - स्थानीय तह निर्वाचनमा आफ्नो पराजयसंगै गुल्मी कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले आईतबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
'आफै उठ्ने निर्णय गरेर पराजित हुनु र पार्टीलाई पनि जित दिलाउन नसकेपछि पदमा बस्न उपयुक्त ठानिनं' उनले भने - 'जिल्ला समितिमार्फत स्वीकृतिका लागि केन्द्रमा पठाउने गरी राजीनामा दिएको छु', आजको कान्तिपुर दैनिकमा खबर छ ।