भारतका रक्षामन्त्री राजनाथ सिंह पञ्जाबको फरीदकोटमा चुनाव प्रचार गर्न जाँदा मञ्चमा धक्का लागेर लडेका छन् ।
उनलाई त्यसले गर्दा रिस उठ्यो र उनले माला लगाउन मानेनन् ।
घटना मंगलवार भएको हो । त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सिंह मञ्चमा पुग्दा समर्थकहरू पनि उनीसँगै मञ्च पुगेका थिए । उनलाई सम्मान दिन ठूलो माला तयार पारिएको थियो । उनको घाँटीमा माला राख्न खोज्दा उनलाई धक्का लाग्यो र उनी लडे ।
उनको पछाडि सोफा राखिएकाले उनलाई चोट लागेन । तर लडेपछि उनलाई रिस उठ्यो । उनले सबैलाई तल जान अनि माला पनि लैजान भने ।
त्यसपछि उनले चुनावी सभा शुरू गरे ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :