३० जेठ २०८३, शनिबार
निर्णायक मोडमा गठबन्धन

एमसीसीका सम्बन्धमा ५ दलको निर्णायक बैठक, गठबन्धनको भविष्य आजै टुंगो लाग्ने

एमसीसीका सम्बन्धमा ५ दलको निर्णायक बैठक, गठबन्धनको भविष्य आजै टुंगो लाग्ने

विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे निर्णय लिन सत्ता गठबन्धनको बैठक शुरू भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ शुरू भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् । 

प्रधानमन्त्री देउवाले जसरी पनि संसद्मा एमसीसी टेबल गर्ने तयारी गरेपछि सत्ता साझेदार माओवादी केन्द्रले सरकारबाट बाहिरिने तयारी गरेको थियो । 

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भएको छलफलपछि आजका लागि गठबन्धनको बैठक राखिएको हो । 

गठबन्धनको बैठकअघि प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच एमसीसीबारे छलफल भएको थियो । 

दुवै दल यथास्थितिमा एमसीसी पास नगर्ने अडानमा रहेका छन् । जसपा नेता एवं संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ समेत सहभागी बैठकपछि प्रचण्डले गठबन्धन जोगाउन प्रयत्न गर्ने बताएका थिए । 

प्रचण्डले बिहीवार बिहान पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका थिए । 

सरकारले शुक्रवार बस्ने बैठकमा कुनैपनि हालतमा एमसीसी टेबल गर्ने सरकारको तयारी छ । एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने र माओवादी सरकारबाट बाहिरिने सम्भावना छ । 

गत जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा गठन भएपछि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्