२२ असार २०८३, सोमबार

प्रहरीले फेला पारेका मूर्तिहरू संरक्षणका लागि पुरातत्व विभागको जिम्मा

प्रहरीले फेला पारेका मूर्तिहरू संरक्षणका लागि पुरातत्व विभागको जिम्मा

नेपाल प्रहरीले फेला पारेका मूर्तिहरू संरक्षणका लागि पुरातत्व विभागको जिम्मा लगाएको छ ।

विभिन्न प्रकारका मूर्तिहरू, धातुका वस्तुहरू फेला पारी सुरक्षित राखिएकोमा संरक्षणका लागि पुरातत्व विभागलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले २७ धातु एवं शिलाका मूर्ति, काठको देवल समेत ४१ वटा हस्तान्तरण गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले पुरातत्व विभाग अभिलेखालय भवन रामशाहपथका पुरातत्व अधिकृत सविता न्यौपानेलाई मूर्ति हस्तान्तरण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्