
नेपाल प्रहरीले फेला पारेका मूर्तिहरू संरक्षणका लागि पुरातत्व विभागको जिम्मा लगाएको छ ।
विभिन्न प्रकारका मूर्तिहरू, धातुका वस्तुहरू फेला पारी सुरक्षित राखिएकोमा संरक्षणका लागि पुरातत्व विभागलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले २७ धातु एवं शिलाका मूर्ति, काठको देवल समेत ४१ वटा हस्तान्तरण गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले पुरातत्व विभाग अभिलेखालय भवन रामशाहपथका पुरातत्व अधिकृत सविता न्यौपानेलाई मूर्ति हस्तान्तरण गरेका छन् ।