२५ असार २०८३, बिहीबार

नर्वेसँग हारेपछि मैदानमा रोए नेइमार

असार २२, २०८३
काठमाडौं
नर्वेसँग हारेपछि मैदानमा रोए नेइमार

फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा नर्वेसँग २-१ ले स्तब्ध हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेइमार मैदानमै भक्कानिएर रोएका छन्।

सोमबार बिहान भएको तनावपूर्ण खेलमा नर्वेसँग पराजित भएपछि पाँच पटकको विजेता ब्राजिलको विश्वकप यात्रा अन्तिम १६ मै टुङ्गिएको हो।

खेल सकिएको सिट्टी बज्नेबित्तिकै नेइमार मैदानमा थुचुक्क बसेर आँशु बगाइरहेको दृश्यले टेलिभिजन लाइभमा देखिएको थियो । ३४ वर्ष पुग्न लागेका नेइमारका लागि यो अन्तिम विश्वकप हुन सक्ने र आफ्नो कप्तानीमा टोलीलाई छैटौं पटक उपाधि दिलाउने उनको सपना अधुरै रहेका कारण उनी निकै मर्माहत देखिएका थिए।
खेलमा एर्लिङ हालान्डले दुई गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाएका थिए। ब्राजिलका लागि इन्जुरी समयमा नेइमारले नै पेनाल्टीमार्फत गोल गरेर अन्तर घटाएका थिए । तर त्यो गोल फर्काउन निकै ढिलो भइसकेको थियो। 

नेइमारले गोल गरेको केही सेकेन्डमै रेफ्रीले खेल समाप्त भएको घोषणा गरेपछि ब्राजिलियन खेलाडीहरू निराश हुँदै मैदानमा ढलेका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्