२९ जेठ २०८३, शुक्रबार

गठबन्धन बैठक लगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोटमा

गठबन्धन बैठक लगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोटमा
फाइल तस्वीर

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर गठबन्धन टुट्न लागेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटन बालकोट पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साझ बसेको गठबन्धनको बैठक लगत्तै देउवा राति ८ बजेपछि बालकोट पुगेका हुन् ।

एमसीसीबारे गठबन्धनमा सहमति नभएपछि देउवा ओलीसँग परामर्श गर्न पुगेका हुन् ।

आजै कांग्रेसका दोस्रो तहका नेताहरुले पनि ओलीसँग कुरा गरेका थिए ।

गठबन्धनको बैठक लगत्तै देउवा ओलीलाई भेट्न बालकोटतर्फ लागेका हुन् । 

एमसीसीबारे अन्तिम निर्णय गर्ने भनेर बसेको सत्तारुढ गठबन्धनको बैठक विना निश्कर्ष टुंगिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्