०५ साउन २०८३, मंगलबार

देउवा–ओलीबीचको वार्तामा आरजु पनि सहभागी

देउवा–ओलीबीचको वार्तामा आरजु पनि सहभागी
तस्बिरः रामशरण बजगाई/ एमाले अध्यक्ष ओलीको सचिवालय

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा वार्ता सुरु भएको छ। गठबन्धन बैठकलगत्तै बिहीबार राति देउवा ओली भेट्न बालकोट पुगेका हुन् ।
बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि सहभागी रहेको ओलीको सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा ओली भेट्न पुगेका हुन् । गठबन्धनको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा देउवाले माओवादी मन्त्रीलाई राजीनामा गराउन भनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्