३२ असार २०८३, बिहीबार

प्रतिनिधिसभा बैठक बस्दै, देउवाले लैजालान् एमसीसी ?

प्रतिनिधिसभा बैठक बस्दै, देउवाले लैजालान् एमसीसी ?

प्रतिनिधिसभा बैठक शुक्रबारका लागि बोलाइएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि संसद सचिवालयले एमसीसीबाहेकको सम्भावित कार्यसूची तय गरिसकेको छ ।  सम्भावित कार्यसूचीमा एमसीसी नराखी प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने भनेर राखिएको हो ।

बिहीबारको गठबन्धनको बैठकमा भने देउवाले शुक्रबारको बैठकमा आफूले एमसीसी टेबल गर्ने बताएका थिए । अब कार्यव्यवस्था परामर्श समितिको बैठकबाट एमसीसीको कार्यसूची राख्ने एउटा बाटो खुला रहेको छ । देउवाले एमसीसी टेबल गरेमा गठबन्धन फुट्ने देखिएको छ भने यही बीचमा बिहीबार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेटवार्ता गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्